Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

म्यान्मारमा विनाशकारी भूकम्पः ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो

Reporter

म्यान्मारमा गएको विनाशकारी भूकम्पपछि मर्नेहरुको संख्या बढेर १६ सय नाघेको छ । उपकरणहरुको अभाव, सञ्चार नेटवर्कको समस्या तथा सडक, पुल भत्किएका कारण जीवित व्यक्तिको खोजीमा बाधा पुगेको छ ।

भूकम्पले देशको सबैभन्दा ठूलो शहर मांडलेको अधिकांश भाग तहसनहस गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्ताले १२ मध्यम खाले अपार्टमेन्ट उधिन्दा ३० घण्टापछि एक महिलालाई जीवितै उद्धार गरेका छन् ।

रेडक्रसका अनुसार अझै पनि ९० भन्दा बढी मानिसहरु त्यसरी फसेका छन् । नजिकैको बस्तीमा उद्धारकर्मीहरुले एक किन्डरगार्टनवाला भवनभित्र १२ प्रिस्कुल बच्चा तथा एक शिक्षकको शव भेटेका बताइएको छ ।

राष्ट्रसंघीय मानव सहायता एजेन्सीले सबैभन्दा ठूलो शहर यांगून, राजधानी पी ताव र मांडलेबीचको मुख्य राजमार्गमा ठूल-ठूला धाँजा फाटेका छन्, जसले सहायतामा व्यवधान खडा गरेको छ । मानव सहायता एजेन्सीले आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको चिकित्सा आपूर्तिको समेत कमी देखिएको जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको