Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

मुख्यमन्त्री सिंहको छड्केपछि १३ निजी अस्पताल बन्द, भागे सञ्चालक र चिकित्सक

Reporter

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार साँझ सिरहाको मिर्चेयामा १४ निजी अस्पताल र पोलिक्लिनिकको अनुगमन गरे। अनुमति नलिई सञ्चालित १३ स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिएपछि सञ्चालक, चिकित्सक र कर्मचारीहरू बिरामी छाडेर भागेका छन्।

अनुगमन टोली मिर्चेया बजार पुगेको खबर फैलिएसँगै आठ स्वास्थ्य संस्था बन्द भए। सञ्चालक र कर्मचारी सम्पर्कविहीन बनेपछि मुख्यमन्त्री सिंहले फोनमार्फत सेवा बन्द गर्न आदेश दिए।

बन्द गर्न निर्देशन दिइएका स्वास्थ्य संस्थाहरूमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर, सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक छन्।

मिर्चेया नगरपालिकाबाट १५ शय्याको अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालले मापदण्डविपरीत २५ शय्याभन्दा बढीको सेवा सञ्चालन गरेको पाइयो। एनेस्थेसिया चिकित्सक र भेन्टिलेटरबिना मेजर शल्यक्रिया गरेको भेटिएपछि १५ दिनभित्र मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ। प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले यो जानकारी दिए।

सिद्धकामना हस्पिटल प्रालिमा अनुगमन टोली पुग्दा सञ्चालक, चिकित्सक र कर्मचारीले आठ बिरामी र कुरुवालाई भित्र छाडेर सटर बन्द गरी फरार भए। त्यहाँ भेटिएका दुई स्वास्थ्यकर्मी भनिएकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो, तर बन्दको निर्देशन भइसकेकाले उनीहरूलाई शनिबार नै छाडिएको ठाकुरले बताए।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री सिंहले हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन्। तीमध्ये १७ वटा मापदण्डअनुसार सञ्चालित छन् भने १०८ वटा बन्द गरिएका छन्। नवीकरण नगरेका २५ अस्पताललाई नवीकरण गर्न भनिएको छ। बन्द गरिएकामध्ये मापदण्ड पूरा गरेका पाँच अस्पताललाई प्रदेश मन्त्रालयको टोलीले अनुगमन गरी सञ्चालन अनुमति दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको