Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

तीनकुने घटनामा संलग्नहरुको पहिचानका लागि प्रमाण उपलब्ध गराउन प्रहरीको आग्रह

Reporter

नेपाल प्रहरीले तीनकुनेमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिको खोजीमा आक्रामक बनेको छ ।

२ जनाको ज्यान र सयौं जना घाइते हुने गरी घटेको शुक्रबारको घटनामा संलग्नहरुको पहिचानका लागि सूचना जारी गर्दै प्रहरीले प्रमाणको आह्वान गरेको हो ।

नेपाल प्रहरीले एक सूचना प्रकाशित गरी यही १५ गते काठमाडौंका तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटीलगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ती, प्रहरी कार्यालय, सञ्जार गृह, राजनीतिक दलका कार्यालय व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिका सम्बन्धमा प्रमाण संकलनका लागि तथ्यपरक सूचना, फोटो, भिडियो, संलग्नको व्यक्तिको विवरण उपलब्ध गराउन आह्वान गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको