Logo
17 Apr 2025    ४ बैशाख २०८२, बिहीबार

ताजा खबर

तृप्ति खड्का गुरुङ्ग तथा बिजय गुरुङ्गको स्वरमा ‘तिम्रो धड्कन'(भिडियो) रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज सेनाको नक्कली पोशाक लगाई करणी गर्नेे तामाङ पक्राउ आईपीएलः सुपर ओभरमा दिल्लीद्वारा राजस्थान पराजित रास्वपा केन्द्रिय समितिको आज बस्दै विधायन व्यवस्थापन समितिको बैठक बस्दै

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ पुग्यो

Reporter

सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको भन्दा तोलामा १ हजार १०० रुपैयाँले बढेर आज सुन प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन सुन तोलामा ६०० रुपैयाँ बढेर प्रति तोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रति तोला १० रुपैयाँ बढेर २ हजार ३५ रुपैयाँ कायम छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति‍औंस ३१०८.७२ डलर पुगेको छ। चाँदी प्रतिऔंस ३४.८५ डलर छ। आइतबार सुन प्रतिऔंस ३०८५.५७ डलर र चाँदी प्रतिऔंस ३४.१३ डलर थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको