Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

पौडी खेल्ने क्रममा खोलामा डुबेर तीन दाजुभाइको मृत्यु

Reporter

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ को सिस्नेरी खोलामा सोमबार पौडी खेल्ने क्रममा डुबेर तीन दाजुभाइको मृत्यु भएको छ । काभ्रे नमोबुद्ध नगरपालिका– १० घर भई इन्द्रसरोवर– ३ डोढारेस्थित मामाघर घुम्न गएका दुई दाजुभाइ र उनीहरूका मामाका छोराको डुबेर मृत्यु भएको हो ।

डोढारेका सुन्दर आचार्यका छोरा १४ वर्षीय सुशान्त तथा काभ्रे नमोबुद्ध– १०, फूलबारी दाप्चाका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रभात घोरासैनीको मृत्यु भएको मकवानपुर प्रहरीका इन्स्पेक्टर ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घोरासैनी दाजुभाइ परीक्षा सकेर मामाघर घुम्न गएका थिए । प्रमेश र सुशान्तले कक्षा ८ तथा प्रभातले कक्षा ६ को परीक्षा दिएका थिए ।

इन्स्पेक्टर सापकोटाका अनुसार डुबेर अचेत अवस्थामा रहेका उनीहरूलाई सोमबार साँझ ४ः४५ बजे उद्धार गरिएको थियो । तर, ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको