Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

Site Oficial De Apostas Em Football, Esportivas Online E Cassino No Brasil 2025 १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

युएईमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० शृंखलाका लागि २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा

admin

nepalese national cricket team

आगामी महिनामा संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी–२० शृंखलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

नेपालले आगामी माघमा युएईसँग तीन खेलको एकदिवसीय र तीन खेल ट्वेन्टी–२० शृंखलाका खेल खेल्दैछ ।

आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको छनोट समितिले २० सदस्यीय टोलीको सोमबार घोषणा गरेको हो ।

छनोट हुने टोलीको कप्तानमा पारस खड्का छन् । अन्य सदस्यमा वसन्त रेग्मी अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी छन् ।

यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, रोहितकुमार पौडेल प्रदीप ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, सुशन भारी, शरद भेषवाकर र सन्दीप जोरा छन् ।

नेपालले माघ ११ देखि २० गतेसम्म युएईसँग खेल्नेछ ।

भीम सार्की, सन्दीप जोरा र पवन सर्राफ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलोपटक समावेश भएका हुन् ।

खेलमा पहिले एकदिवसीय र त्यसपछि टी–२० शृंखला हुनेछ ।

नेपालले अघिल्लो वर्ष जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो ।

रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको