Logo
17 Apr 2025    ४ बैशाख २०८२, बिहीबार

ताजा खबर

गायिका सुमी पराजुलीलाई ‘माया गर्ने तरिका’गीतबाट यो वर्षको ‘बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड’ तृप्ति खड्का गुरुङ्ग तथा बिजय गुरुङ्गको स्वरमा ‘तिम्रो धड्कन'(भिडियो) रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज सेनाको नक्कली पोशाक लगाई करणी गर्नेे तामाङ पक्राउ आईपीएलः सुपर ओभरमा दिल्लीद्वारा राजस्थान पराजित रास्वपा केन्द्रिय समितिको आज बस्दै

प्रदूषित शहरको सूचीमा काठमाडौं विश्वमै दोस्रो

Reporter

पछिल्लो समय काठमाडौंमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । सोमबार र मंगलबार, काठमाडौंले संसारकै सबैभन्दा प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रह्यो । अहिले (बुधबार) पनि काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको हो ।

आईक्यूएयरका तथ्यांक अनुसार, आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २६८ माइक्रोग्राम प्रतिघणमिटर मापन गरिएको छ, जुन मंगलबारको तुलनामा वृद्धि भएको हो । दिल्ली, भारतको प्रदूषण अझै उच्च स्तरमा छ, जहाँ एक्युआई ३३६ माइक्रोग्राम प्रतिघणमिटर मापन गरिएको छ । यस अनुसार, काठमाडौं अहिले ‘निकै अस्वस्थ’को श्रेणीमा छ भने दिल्ली खतरनाकको स्थितिमा पुगेको छ ।

वायु प्रदूषणका कारण काठमाडौंको वायुमा अस्वस्थकर धुलो र धुवाँका कणहरूको उपस्थिति अत्यधिक छ, जसको मुख्य कारण उद्योग, सवारी साधनबाट निस्कने धुवाँ, खुला डढेलो, फोहोर जलाउने क्रियाकलाप र सडक तथा निर्माण कार्यबाट उड्ने धुलो हो । यसका कारण स्वास्थ्य समस्यामा वृद्धि भएको छ, विशेष गरी श्वासप्रश्वास र मुटुका रोगीहरूको लागि स्थिति खतरनाक बनिरहेको छ ।

प्रदूषणको अवस्था सुधार गर्न वातावरण विभागले जनताको सचेतना र विशेष ध्यानको अपिल गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका समस्यासँग जुझिरहेका व्यक्तिहरूलाई बढी सतर्क रहन अनुरोध गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको