Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

बिग बास क्रिकेट लिगमा लामिछानेको टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्ने

admin

sandeep lamichhane on big bass league

काठमाडौं, पुस- १७ ।

अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले आज लिगको चौथो खेल खेल्दैछ ।

यसअघिका भएका तिनमध्ये एक खेल मात्रै जितेको मेलबर्न स्टार्सले आज आफ्नै राज्यको प्रतिद्धन्दी मेलबर्न रेनेगेड्स विरुद्ध खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो २ बजे मेलवर्नमा शुरु हुदैछ ।

प्रतियोगितामा नेपालका लेग स्पिनर लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

तिन खेलमा ७ विकेट लिएका लामिछाने सर्वाधिक विकेट लिने खेलाडीहरुको सुचीमा चौथो स्थानमा रहेका छन् ।

सिड्नी सिक्सर्सका स्टिभ ओकिफ ९ विकेटसहित शिर्ष स्थानमा छन् ।

आजको खेलमा विजयी भए सन्दिपको टोली मेलबर्न स्टार्सको सुपुर फोरमा पुग्ने सम्भावना वलियो बन्नेछ ।

मेलवर्न स्टार्स २ अंक सहित छैटौं स्थानमा रहँदा मेलवर्न रेनेगेड्स भने ४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको