Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

भारतमा यो वर्ष बढी गर्मी हुने भारतीय मौसम विभागको चेतावनी

Reporter

भारतमा आगामी ग्रीष्म ऋतु सामान्यभन्दा बढी तातो हुने देशको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । गर्मीले जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने भारतीय मौसम विभाग (आइएमडी) ले चेतावनी दिएको छ । हुन त भारत गर्मीका लागि अपरिचित देश होइन, तर जलवायु परिवर्तनले तातो लहर पहिलेभन्दा लामो, तारन्तार र अधिक तीव्र हुँदै गएको पत्ता लगाएको छ ।

भारतमा ग्रीष्म ऋतु अप्रिलदेखि जुनसम्म रहन्छ । यो अवधिमा मौसमको उच्च तापक्रम प्रायः ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) नाघेको हुन्छ । यस वर्ष गर्मी मौसममा देशका अधिकांश भागमा सामान्यभन्दा अधिकतम तापक्रम देखिने आइएमडीले सोमबार राति एक पूर्वानुमानमा भनेको छ । उच्च गर्मीले शिशु, वृद्ध, कमजोर र खुला वातावरणमा काम गर्ने श्रमिकहरू उच्च जोखिममा पर्छन् ।

उच्च तापक्रम लामो समय रहँदा विद्युतीय ग्रिड र यातायात प्रणालीजस्ता पूर्वाधारमाथि पनि दबाब पर्छ । आइएमडीले ती चुनौतीलाई सम्बोधन गर्न गर्मी कार्ययोजना तयार गर्नुपर्ने बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको