Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

भारतमा यो वर्ष बढी गर्मी हुने भारतीय मौसम विभागको चेतावनी

Reporter

भारतमा आगामी ग्रीष्म ऋतु सामान्यभन्दा बढी तातो हुने देशको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । गर्मीले जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने भारतीय मौसम विभाग (आइएमडी) ले चेतावनी दिएको छ । हुन त भारत गर्मीका लागि अपरिचित देश होइन, तर जलवायु परिवर्तनले तातो लहर पहिलेभन्दा लामो, तारन्तार र अधिक तीव्र हुँदै गएको पत्ता लगाएको छ ।

भारतमा ग्रीष्म ऋतु अप्रिलदेखि जुनसम्म रहन्छ । यो अवधिमा मौसमको उच्च तापक्रम प्रायः ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) नाघेको हुन्छ । यस वर्ष गर्मी मौसममा देशका अधिकांश भागमा सामान्यभन्दा अधिकतम तापक्रम देखिने आइएमडीले सोमबार राति एक पूर्वानुमानमा भनेको छ । उच्च गर्मीले शिशु, वृद्ध, कमजोर र खुला वातावरणमा काम गर्ने श्रमिकहरू उच्च जोखिममा पर्छन् ।

उच्च तापक्रम लामो समय रहँदा विद्युतीय ग्रिड र यातायात प्रणालीजस्ता पूर्वाधारमाथि पनि दबाब पर्छ । आइएमडीले ती चुनौतीलाई सम्बोधन गर्न गर्मी कार्ययोजना तयार गर्नुपर्ने बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको