Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

उच्चको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।

लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।

उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएको छ ।  बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको