Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

काठमाडौं विश्वको दोस्रो प्रदूषित शहरः स्वास्थ्य सतर्कता अपनाउन अनुरोध

Reporter

 काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहर भएको छ ।

काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ।

आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहर बनेको छ।

अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ ।

वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।

लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको