Logo
17 Apr 2025    ४ बैशाख २०८२, बिहीबार

ताजा खबर

तृप्ति खड्का गुरुङ्ग तथा बिजय गुरुङ्गको स्वरमा ‘तिम्रो धड्कन'(भिडियो) रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज सेनाको नक्कली पोशाक लगाई करणी गर्नेे तामाङ पक्राउ आईपीएलः सुपर ओभरमा दिल्लीद्वारा राजस्थान पराजित रास्वपा केन्द्रिय समितिको आज बस्दै विधायन व्यवस्थापन समितिको बैठक बस्दै

भोलिदेखि देशभरका सबै विद्यालय बन्द, शिक्षक महासंघद्वारा आमहडताल घोषणा

Reporter

भोलि चैत २५ गतेदेखि देशभरका सबै सरकारी र सामुदायिक विद्यालयहरू बन्द हुने भएका छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले सरकारले आफ्ना माग नसुनेको भन्दै शैक्षिक आमहड्ताल घोषणा गरेपछि विद्यालयहरू बन्द हुने भएका हुन् ।

नेपाल शिक्षक महासंघले आमहडताल चैत २५ गतेदेखु लागू हुने र यस क्रममा देशभरका सबै विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलनमा अनिवार्य सहभागी हुन सबै शिक्षक कर्मचारीलाई अपिल गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो आन्दोलनलाई अन्तिम र निर्णायक आन्दोलन भनिएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरु आन्दोलनमा छन् । उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

नेपाल शिक्षक महासंघले सबै शिक्षक कर्मचारीहरूलाई आमहडतालको क्रममा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको