Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

रवि लामिछानेको धरौटी आदेश खारेज, गरियो भैरहवा कारागार चलान

Reporter

बुटवलको सुप्रिम सहकारी प्रकरणमा मुद्दा अघि बढ्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरेर भैरहवा कारागार पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, लामिछानेलाई सोमबार अदालती प्रक्रिया पूरा गरेपछि कारागार पठाइएको हो ।

लामिछानेलाई शुक्रवार राति काठमाडौँ स्थित आफ्नो घरबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई चैत २३ गते बिहान ९:१२ बजे यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल ल्याइयो र यहाँको हिरासतमा राखिएको थियो । सरकारी विदाका कारण उनले दुई दिन हिरासतमा बिताए, र आज उनलाई जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिइ कारागार पठाइएको डीएसपी सुरज कार्कीले जानकारी दिए । अब, अदालतको फैसला नभएसम्म लामिछाने सोही कारागारमा रहनेछन् ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको नेतृत्वमा उक्त आदेश जारी भएको थियो । यसअघि, जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालतको आदेशले यो धरौटी आदेशलाई खारेज गरिदिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको