Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा

काठमाडौं महानगरपालिकाका कर्मचारीले पाए तीन महिनाको तलब

Reporter

काठमाडौं महानगरपालिकाका पाँच हजारभन्दा बढी कर्मचारी र जनप्रतिनिधिले तीन महिनाको तलब पाएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार आज ती सबैको बैंक खातामा तलब जम्मा गरिएको हो ।

कुचीकारदेखि मेयरसम्मका कर्मचारी तथा जनप्रतिनिधिको तलब लामो समयदेखि रोकिएको थियो । प्रमुख प्रशासकीय अधिकृतको अभावले तलब वितरण प्रक्रियामा ढिलाइ भएको हो ।

चैत २१ गते सरोज गुरागाईं प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यालयमा हाजिर भएपछि तलब वितरणको प्रक्रिया अघि बढेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको