Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

ग्रीनकार्डको आवेदन बढेपछि दुतावासले प्रश्न गर्यो- एउटै अवार्डमा एकै विधामा एक भन्दा बढीले अवार्ड पाउछन र ?

admin

काठमाडौं, पुस-१८ ।

अमेरिकी दुतावासबाट केही दिन अघि चलचित्र विकास बोर्डका एक कर्मचारीलाई फोन आयो । नेपाली चलचित्रमा काम गर्ने चलचित्रकर्मीले ग्रिन कार्डका लागि दिएको आवेदनको बारेमा अमेरिकी दुतावासले करिब आधा घन्टासम्म जिज्ञासा राख्दै विभिन्न प्रश्न राखेको थियो ।

स्रोतका अनुसार, नेपालबाट ग्रिन कार्डको आवेदन दिएर अमेरिका नै बस्न चाहने चलचित्रकर्मीको संख्या अहिले निकै नै बढेको छ । चलचित्र क्षेत्रमा काम गर्ने धेरै चलचित्रकर्मीले नेपालमा अझै पनि यो क्षेत्रमा सुरक्षित भविष्य नदेखेको पाईएको छ जसको कारण उनीहरु सोझै नेपालबाटै ग्रिन कार्ड बनाएर अमेरिका जान ईच्छुक देखिएका छन । पछिल्लो समयको रेकर्ड हेर्ने हो भने धेरै चलचित्रकर्मीहरु यसरी नै अमेरिका पुगिसकेका देखिन्छन् त्यसैको कारण हुन सक्छ अन्य चलचित्रकर्मीमा समेत यो रहर बढ्दै जानु।

नेपालमा हुने अवार्डमाथि प्रश्न ?
बर्षेनी नेपालमा एक दर्जन भन्दा बढी अवार्ड कार्यक्रमको आयोजना हुँदै आएको छ । अवार्ड पाउने चलचित्रकर्मीले त सक्कली रुपमा नै आफ्नो प्रमाणपत्र ग्रिन कार्डका लागि वुझाएर जान सक्ने नै भए । तर, अवार्ड नपाउनेले समेत नक्कली सर्टिफिकेट बनाएर, नक्कली तस्बिर राखेर आवेदन दिने गरेको पाईएको छ । अमेरिकी दुतावासले एउटै अवार्डमा उत्कृष्ट भएको भन्दै धेरै आवेदन आउने गरेको समेत बताउदैचलचित्र विकास बोर्डसँग सोध्यो–‘के नेपालमा यति धेरै अवार्ड शो हुन्छ त ?’

अमेरिकी दुतावासले नेपालको कुन अवार्ड विश्वसनिय हो त ? भनेर समेत प्रश्न गरेको छ ।
एकजनाले अवार्ड पाउँदा सोही अवार्ड बोकेर अर्कोले समेत तस्बिर खिच्ने र सोही तस्बिर आवेदनमा समावेश गर्ने प्रचलन बढ्दै गएको वुझिएको छ । स्रोतले जनाएअनुसार–‘केही चलचित्रकर्मीले त अवार्ड आयोजकलाई नै थाहा नदिई प्रमाणपत्र बनाएर समेत आवेदन दिने गर्दा रहेछन । त्यहि कार्न अहिले अमेरिकी दुतावासले नेपालमा हुने अवार्डको विश्वसनियता कति हो भनेर वुझ्न खोज्दैछ ।’

नेपालमा आयोजना हुने दर्जनौ अवार्ड कार्यक्रमहरु सधैंजसो कुनै न कुनै विवादमा पर्ने गरेको कुरोमा दुई मत छन् । यस्तोमा दुतावासले यो प्रश्न गर्नु सान्दर्भिक नै हो । कलाकारहरुको निम्ती यस्तो अवार्ड विदेश जानका लागि सबैभन्दा बलियो तथा सजिलो माध्यम बन्ने गरेका छन् । तर, एकै बर्ष कुनै एक विधामा एक जनाले मात्र अवार्ड पाउनुपर्ने हो तर, सोही बर्ष एउटै अवार्डमा एकै विधामा एक भन्दा बढीले अवार्ड पाएको भन्दै आवेदन आउन थालेपछि दुतावास समेत आश्चर्यमा परेको छ ।

अमेरिकी दुतावासले चलचित्र विकास बोर्डलाई फोन गरेर नेपालमा हुने अवार्डको विश्वसनियताको बिषयमा प्रश्न गर्नुले अब चलचित्रकर्मीलाई प्रदान गरिने ग्रिन कार्डमा केही कडाई हुने खोजेको अड्कल सजिलै लगाउन सकिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको