Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

‘फोहोर नगर्नुहोला, एकजना पत्र काट्न तयार बसेको छ’ : राप्रपा महामन्त्री

Reporter

राष्ट्रिय प्रजातन्त्र पार्टीको खबरदारी सभा काठमाडौंको बल्खुमा चलिरहेको छ। विभिन्न ठाउँबाट र्‍याली निस्किएपछि सभा सुरु भएको हो।

सभालाई राप्रपाका नेताहरुले सम्बोधन गरिरहेका छन्। कार्यक्रम सञ्चालन पार्टी महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरुङले गरिरहेका छन्।

कार्यक्रममा सहभागी नेता-कार्यकर्तालाई उनले सभास्थलमा फोहोर नगर्न आह्वान गरेका छन्। बीचबीचमा उनले भनिरहेका छन्, ‘साथीहरू पानी खाएर बोतल जताततै नफालि दिनुहोला, फोहोर नगरि दिनुहोला, एक जना पत्र काट्न तयार बसेको छ।’ उनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई इंगित गरेका हुन्। यसअघि सडक प्रदर्शन गर्दा राप्रपालाई बालेनले एक लाख रुपैयाँ जरिवाना तिराएका थिए।   ‘राप्रपालाई फेरि जरिवाना तिर्ने नबनाउनुहोला, बुझिदिनुहोला,’ महामन्त्री गुरुङले भने।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको