Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

‘फोहोर नगर्नुहोला, एकजना पत्र काट्न तयार बसेको छ’ : राप्रपा महामन्त्री

Reporter

राष्ट्रिय प्रजातन्त्र पार्टीको खबरदारी सभा काठमाडौंको बल्खुमा चलिरहेको छ। विभिन्न ठाउँबाट र्‍याली निस्किएपछि सभा सुरु भएको हो।

सभालाई राप्रपाका नेताहरुले सम्बोधन गरिरहेका छन्। कार्यक्रम सञ्चालन पार्टी महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरुङले गरिरहेका छन्।

कार्यक्रममा सहभागी नेता-कार्यकर्तालाई उनले सभास्थलमा फोहोर नगर्न आह्वान गरेका छन्। बीचबीचमा उनले भनिरहेका छन्, ‘साथीहरू पानी खाएर बोतल जताततै नफालि दिनुहोला, फोहोर नगरि दिनुहोला, एक जना पत्र काट्न तयार बसेको छ।’ उनले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई इंगित गरेका हुन्। यसअघि सडक प्रदर्शन गर्दा राप्रपालाई बालेनले एक लाख रुपैयाँ जरिवाना तिराएका थिए।   ‘राप्रपालाई फेरि जरिवाना तिर्ने नबनाउनुहोला, बुझिदिनुहोला,’ महामन्त्री गुरुङले भने।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको