Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

विस्फोटका कारण ध्वस्त भवनमा पुरिएका ११ महिने बालकको जिवितै उद्धार

admin

रुस, पुस-१८ ।

रुसको मध्यभागमा रहेको मग्नितागोस्र्क सहरको एक भवनामा गत सोमबार भएको बिस्फोटपछि भग्नावशेषमा पुरिएकाहरुलाई खोज्ने क्रममा ११ महिने बालकको जिवितै उद्धार गरिएको छ ।

तापक्रम माइनस १७ पुगेको अवस्थामा पनि इवान नामका ती बालकलाई जिउँदै उद्धार गर्न उद्धारकर्मीहरु सफल भएका हुन ।

भग्नावशेष पन्छाउने क्रममा रुँदै गरेको बालकलाई उद्धारकर्मीहरुले भेटेका हुन् ।

बालकको टाउकोमा सामान्य चोट लागेको छ भने हात र खुट्टा भाँचिएको छन । उनलाई थप उपचारको लागि मस्कोको एक अस्पतालमा भर्ना गरिएको जानाईएको छ ।

गत सोमबार भएको बिस्फोटमा चारजनाको ज्यान गएको थियो भने विस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएका थिए ।

अझै ३६ भन्दा बढी बेपत्ता रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भवनमा लगभग १२० जना बस्दै आएका थिए ।

राष्ट्रपति पुटिनले विस्फोटका कारण प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने बताएका छन । विस्फोट भने भवनको पहिलो तलामा भएको थियो ।

विस्फोट ग्यास लिक भएर भएको सरकारी अधिकारीले जनाएका छन् ।
(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको