Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश पाकिस्तानले गर्‍यो भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित रुकुम पूर्वमा ४.२ म्याग्निच्युडको भूकम्प

सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ

Reporter

सशस्त्र प्रहरीले काठमाडौँको सतुंगलबाट लागुऔषधसहित बुधबार तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा मोरङको मिक्लाजुङ्ग–८ घर भई काठमाडौँ बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दीप सिंह र काठमाडौँ महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।

बाराको सिम्रौनगढ, कलैया, वीरगन्ज हुँदै काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरूलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको टोलीले उक्त लागुऔषधसहित नियन्त्रणमा लिएको हो । सो लागुऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् ।

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको