Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

गैरकानुनी रूपमा अमेरिका यात्रा खतरनाक छ : अमेरिकी दूतावास

Reporter

नेपालस्थित अमेरिकी दूतावासले गैर कानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक रहेको बताएको छ।

बुधबार एक सूचना जारी गर्दै दूतावासले अमेरिकाको खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने बताएको हो।

सूचनामा भनिएको छ, ‘गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले तपाईँको सुरक्षा र जीवनलाई समेत जोखिममा पार्छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैर कानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन् । यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ ।’

गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गर्न लागेको पनि दूतावासले जनाएको छ।

‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गर्दै छ’, सूचनामा भनिएको छ, ‘हाम्रा सिमानालाई मजबुत बनाई हामी अमेरिकी नागरिकहरूको सुरक्षा गर्छौँ र गैर कानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्छौँ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको