Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

सुनको मूल्य तोलामा ५७ सयले बढ्दै बन्यो रेकर्ड

Reporter

नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य आज एकैदिन तोलामा ५ हजार ७०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै महँगो बनेको हो ।

आज सुनको मूल्य तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चैत २१ गते सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार हुँदै रेकर्ड राखेको थियो । तर आज त्यसमा ८ सय रुपैयाँ थपिँदै अहिलेसम्मकै महँगो भएको हो । बुधबार सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको