Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा

सभामुख घिमिरे स्वदेश फिर्ता

Reporter

अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भइ सभामुख देवराज घिमिरे स्वदेश फिर्ता भएका छन् ।

उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधि मण्डल बिहीबार अपराह्न नेपाल आइपुगेको हो । नेपाल अवतरण गर्दै सभामुख घिमिरेले उज्वेकिस्तान भ्रमण फलदायी दाबी गरे ।

उनले अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास र न्यायमा संसदको पहलका विषयमा गम्भीर रूपमा छलफल भएको बताए । समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र सामाजिक असमानताका विषयमा विचार विमर्श भएको बताए ।

सभालाई सम्बोधन गर्दै आफूले नेपालले भोगिरहेका समस्या र समावेशिताको अभ्यासबारे विश्व जगतलाई जानकारी गराएको समेत स्पष्ट पारे । अन्तरव्यवस्थापिका संघको वार्षिक सभाले मध्यपूर्व भइरहेको युद्धलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको समेत उल्लेख गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको