Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

‘नेसनल क्यापिटल अनर अवार्ड’ को नवौं संस्करण वैशाख ४ गते हुँदै

Reporter

काठमाडौं ।  विभिन्न क्षेत्रमा सक्रिय रहेर सृजनशील कार्यमा लागेका एवं समाजलाई योगदान पुर्‍याएका विभिन्न विधाका व्यक्तिहरूलाई नेसनल क्यापिटल अनर अवार्ड प्रदान गरिने भएको छ। क्यापिटल इन्टरटेन्मेन्ट, मिडिया इन्टरनेसनल, बिजनेस स्टुडियो लगायतका संघ संस्थाहरूको संयुक्त आयोजनामा उक्त अवार्ड आयोजना गरिनेछ।

विगत ९ वर्षदेखि सञ्चालन हुँदै आएको नेसनल क्यापिटल अनर अवार्डको यो नवौं संस्करण हो। आगामी वैशाख ४ गते काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी नवौं नेसनल क्यापिटल अनर अवार्ड प्रदान गरिने भएको छ। यस अन्तर्गत नेपाली चलचित्र विधा, सांगीतिक विधा, आधुनिक गीत संगीतको विधा, लोकगीत संगीतको विधा, पप गीत संगीतको विधा, लोक दोहोरी साङ्गीतिक विधा, पप आधुनिक सांगीतिक विधा, र्‍याप आधुनिक संगीतको विधा, मनोरञ्जन क्षेत्रभित्रका विधाभित्र परेका छन्।

यस्तै गरी बहुसांगिक, बहुसांस्कृतिक र बहुभाषिक क्षेत्रका साहित्यकार, संगीतकार तथा विभिन्न कलाकारहरुलाई पनि यस अवार्डमा सहभागी गराइनेछ। यसका अतिरिक्त युवा उद्यमी, कृषि उद्यमी, निर्माण, उपकरण, शैक्षिक संस्था, स्वास्थ्य संस्था, वैदेशिक रोजगार, मेसिनरी, उत्पादन तथा खेलकुद, राष्ट्रसेवक तथा समाजसेवाको विधामा उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्तिहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिने भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको