Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

इङलिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी र आर्सनल विजयी

admin

english premier league

काठमाडौं, पुस-१८ ।

इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राती भएका खेलहरुमा लेष्टर सिटी र आर्सनल विजयी भएका छन् ।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा लेष्टरले एभर्टनलाई १ –० गोल अन्तरले पराजित गरेको हो । खेलमा लेष्टरलाई जित दिलाउन जेमी भर्डीले निर्णायक १ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भार्डी नायक बन्दा लेष्टरले महत्वपूर्ण ३ अंक जोडेको हो । लेष्टरलाई जित दिलाउने क्रममा भार्डीले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

एभर्टनमाथिको जितसंगै लेष्टरले २१ खेलबाट ३१ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन भने २७ अंक सहित लिगको दशौं स्थानमा रहेको छ ।

गए रातीनै भएको लिगको अर्को खेलमा आर्सनलले फुलहमलाई ४–१ गोलले पराजित गर्यो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा टिमलाई जित दिलाउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे ।

जितसंगै पाँचौ स्थानको आर्सनल २१ खेलबाट ४१ अंक जोडेर चौथो स्थानको चेल्सीसंगको अंक दुरी २ अंकमा झारेको छ । पराजित फुलहम १४ अंक सहित रेलिगेसन जोनमा रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको