Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

ओमान विरुद्ध नेपालको सानदार जित, ओमान ८ विकेटले पराजित

Reporter

आईसिसी अन्डर १९ विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। ओमानले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा ३५ ओभरको खेल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो।

आजको खेलमा निरज यादवले ४६ रनको योगदान दिएका थिए। ओमानविरुद्धको खेलमा ओमानले नेपाललाई १ सइ १८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई नेपालले १ सय १७ रनमै अलआउट गरेको थियो। माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युवराज खत्रीको घातक बलिङमा ओमानले निर्धारित ५० ओभरको खेलको ३८ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रन मात्र बनाउन सक्यो।

ओमानका लागि सिद्धार्थ सौवण्य शंकरले १६, रिषभ गुप्ताले ९, जित व्रजेश शाहले ५२, सौम्य भविन सम्पतले ८ रन बनाएका थिए। नेपालका युवराज खत्री एक्लैले ५ विकेट लिए।

युवराजले २ मेडन ओभरसहित ३१ वटा डट बल फ्याँकेका थिए। उनले १५ रन मात्र दिएर ५ विकेट लिएका थिए। उनी बाहेक सन्तोष यादवले २ दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १/१ विकेट लिएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको