Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

युके र क्यानडा पठाइदिन्छु भन्दै ४६ लाख ठगी, दुई जना पक्राउ

Reporter

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२९ बस्ने इलाम चुलाचुली गाउँपालिका-३ घर भएका ३५ वर्षीय ख्याम खड्का र काठमाडौं महानगरपालिका-३० बस्ने मोरङ ग्रामथान गाउँपालिका-६ घर भएका २३ वर्षीय ईश्वर पोखरेल रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ मध्ये ख्यामले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३६ लाख रुपैयाँ र ईश्वरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ५१ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ख्यामलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट शनिबार र इश्वरलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये ख्यामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र इश्वरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको नेपाल प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको