Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

आन्दोलित शिक्षक महासंघको निर्णयः कक्षा १२ को परिक्षा सञ्चालन र भर्ना अभियान नगर्ने

Reporter

राजधानी केन्द्रित आन्दोलनमा रहेको शिक्षक महासंघले कक्षा १२ को परिक्षा सञ्चालन नगर्ने निर्णय गरेको छ। यसका साथमा भर्ना अभियानलगायतका शैक्षिक गतिविधिमा सहभागी नहुन पनि उसले आग्रह गरेको छ।

चैत २० गतेबाट शिक्षकहरूको आन्दोलन जारी रहेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुने पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरेको हो।

शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न पनि आग्रह गरिएको छ।

आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना लगायतका सबै काममा संलग्न नहुन पनि आग्रह गरिएको छ।
यस्तै प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा बोलाएको छ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा त्यस्तो भनिएको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको