Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीलाई पछि पार्दै टोटनह्याम दोस्रो स्थानमा

admin

टोटनह्याम

काठमाडौं, पुस-१८ ।

टोटनह्यामले उपाधि होडमा आफूलाई सशक्त दाबेदारको रुपमा प्रस्तुत गर्दै म्यानचेस्टर सिटीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत गएराती राति भएको खेलमा टोटनह्यामले कार्डिफ सिटीमाथि ३–० गोल अन्तरको जित निकाल्दै दोस्रो स्थानमा आफुलाई फर्काउन सफल भएको हो ।

अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केन, क्रिष्टियन एरिक्सन र सन हेङ्ग–मिनले एक एक गोल गरे ।

खेलको तीनै गोल पहिलो हाफमा नै भएको थियो । तेस्रो मिनेटमा नै केनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाउदा १२ औँ मिनेटमा एरिक्सनले गोल गरेर अग्रता दोब्बर पारे ।

२६ औं मिनेटमा सनले गोल गरेपछि पहिलो ३० मिनेट भन्दा कम समयकै खेलमा ३–० को अग्रता टोटनह्यामले लिएको थियो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोलका लागि प्रयास भए पनि गोल भने हुन सकेन र टोटनह्याम ३–० गोल अन्तरले विजयी भयो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४८ अंक हुँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४७ अंक रहेको छ ।
शीर्ष स्थानको लिभरपुलको २० खेलबाट ५४ अंक रहेको छ अर्थात टोटनह्याम ६ अंकले पछि छ । २१ खेलबाट १८ जोडेको कार्डिफ भने १६ औँ स्थानमा रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको