Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

भारतको केरलास्थित सबरीमला मन्दिरमा दुई महिला प्रवेश, पुजारीद्वारा मन्दिर बन्द

admin

ayappa mandir at kerala

केरला, पुस- १८ ।

भारतको केरला राज्यस्थित सबरीमला मन्दिरमा बुधबार दुई महिलाले प्रवेश गर्दै सदियौ पुरानो परम्परालाई तोडेका छन् । १० देखि ५० वर्षबीचको उमेर समूहका महिलाहरुलाई प्रवेश निषेध गरिएको सो मन्दिरमा सोही उमेर समूहका दुई महिला प्रवेश गर्दै उनिहरुले उक्त परम्परा तोडेका हुन् ।

केही समय अघि भारतको सर्वोच्च अदालतले मन्दिरमा महिलालाई प्रवेश निषेध गर्ने उक्त परम्परा उपयुक्त नभएको भन्दै कसैलाई मन्दिर प्रवेशबाट रोक्न नहुने फैसला समेत गरेको थियो । सोही फैसलालाई आधार बनाएर केरलाका दुई महिला मन्दिरभित्र प्रवेश गरेको जनाईएको छ ।

मुख्यमन्त्री पी विजयनले समेत महिलाहरु मन्दिरमा प्रवेशको पुष्टि गरे । उनले ती महिलाहरुलाई सुरक्षा व्यबस्था उपलब्ध गराइएको समेत जनाए ।

स्थानीयवासीले भने महिलालाई मन्दिरमा प्रवेश गराउने प्रयासको विरोध जनाउदै आएका थिए । उनीहरुले यसअघि बारम्बार मन्दिर प्रवेशका लागि महिलाहरुको समूहद्वारा हुँदै आएको प्रयासलाई विफल तुल्याउदै आएका थिए । बुधबार बिहानै दुई महिलाले कडा सुरक्षाबीच मन्दिर प्रवेश गरेको अधिकारीहरुको भनाइ रहेको छ ।

मन्दिरमा अयप्पाको मूर्ति छ । अयप्पा ‘ब्रम्हचारी’ भएका कारण मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको स्थानीयवासी बताउँछन् । पौराणिक कथाअनुसार भगवान शिव र मोहिनी (विष्णु भगवानको अवतार) का पुत्रका रुपमा अयप्पाको जन्म भएको जनविश्वास रहदै आएको छ । अयप्पालाई हरिहरपुत्र रुपमा समेत लिने गरिन्छ ।

मन्दिरमा दुई महिला प्रवेश गरेलगत्तै मुख्य पुजारीले मन्दिर बन्द गरेका छन् । मन्दिर शुद्धिकरणका लागि बन्द गरिएको उनले बताएका छन ।

भारतीय संचारमाध्यमका अनुसार बिन्दु र कनकदुर्गा नाम गरेका दुई महिलाले उक्त मन्दिर प्रवेश गरेका हुन् । उनीहरुले भगवान अयप्पाको दर्शन गरेको जनाइएको छ ।
(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको