Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

सेनाको नक्कली पोशाक लगाई करणी गर्नेे तामाङ पक्राउ

Reporter

नेपाली सेनाको नक्कली पोसाक लगाई डर त्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ का ३० वर्षीय पदमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले नेपाली सेनाको सहसेनानी दर्ज्यानी युक्त नक्कली पोसाक प्रयोग गरी विवाह गर्ने प्रलोभन तथा डर त्रासमा समेत पारे एक युवतीलाई जबरजस्ती करणी गरेका थिए ।

तामाङलाई चैत्र ३१ गते जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका– ७ बाट पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई जिल्ला अदालत इलामबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । तामाङ यसअघि सार्वजनिक अपराध, चोरी, अभद्र व्यवहार लगायतका कसुरमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको