Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

सेनाको नक्कली पोशाक लगाई करणी गर्नेे तामाङ पक्राउ

Reporter

नेपाली सेनाको नक्कली पोसाक लगाई डर त्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ का ३० वर्षीय पदमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले नेपाली सेनाको सहसेनानी दर्ज्यानी युक्त नक्कली पोसाक प्रयोग गरी विवाह गर्ने प्रलोभन तथा डर त्रासमा समेत पारे एक युवतीलाई जबरजस्ती करणी गरेका थिए ।

तामाङलाई चैत्र ३१ गते जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका– ७ बाट पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई जिल्ला अदालत इलामबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । तामाङ यसअघि सार्वजनिक अपराध, चोरी, अभद्र व्यवहार लगायतका कसुरमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको