Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

गायिका सुमी पराजुलीलाई ‘माया गर्ने तरिका’गीतबाट यो वर्षको ‘बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड’

Reporter

 

काठमाडौं – नवौं नेसनल क्यापिटल अवार्ड २०८१ मा गायिका सुमी पराजुलीले गीत ‘माया गर्ने तरिका’ बाट बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड जित्न सफल भएकी छन्। उनले यस सम्मानमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छिन्।

सुमीको आवाजमा प्रस्तुत ‘माया गर्ने तरिका’ गीतले दर्शक तथा श्रोतामाझ विशेष लोकप्रियता कमाएको थियो। गायकमा सुमी पराजुलीलाई चर्चित गायक प्रताप दासले साथ दिएका थिए । गीतमा उनको गायन शैली, अभिव्यक्ति र प्रस्तुति निकै प्रभावशाली रहेको भन्दै निर्णायक मण्डलले उनलाई यो अवार्डका लागि छनोट गरेको हो।

सांगीतिक क्षेत्रको योगदानलाई सम्मान गर्न र प्रतिभाशाली कलाकारलाई हौसला प्रदान गर्न गरिँदै आएको नेसनल क्यापिटल अवार्डमा यस वर्ष विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। सुमी पराजुलीको नाम यस वर्षको विशेष आकर्षण बनेको छ।

नेपाल पर्यटन बोर्डमा सम्पन्न उक्त अवार्ड समारोहमा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, आयोजक समिति अध्यक्ष माधव निर्दोश,मोडल एवं अभिनेत्री झरना रिसाल तथा महिला उद्यमी संगिता शाक्यले गायिका सुमीलाई अवार्ड प्रदान गरेका थिए ।

उनले अवार्ड ग्रहण गर्दै भनिन्, “यो सम्मानले मलाई अझ राम्रो गीत गाउन र संगीतमा निरन्तर लागिरहन प्रेरणा दिएको छ। सबैलाई धन्यवाद, जसले मेरो यात्रा सजिलो बनाउन साथ दिनुभयो।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको