Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

वीरगञ्जको निषेधाज्ञा शुक्रबारदेखि हटाइने

Reporter

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाउने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । प्रजिअ अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गत वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जानकारी दिए ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबार दिउँसोदेखि वीरगञ्ज महानगर क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको