Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमन श्रेष्ठले आफूले पार्टीबाट राजीनामा नदिएर सह महामन्त्री पदबाट मात्रै राजीनामा दिएको स्पष्ट पारेकी छन्।

बिहिबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू सांसद र केन्द्रीय सदस्यको जिम्मेवारीमा भएको हिसाबले सह महामन्त्रीको पदमा न्यायोचित काम गर्न नसकेको भन्दै सभापतिलाई राजीनामा बुझाएको बताएकी छिन्।

उनले पार्टीमा एक व्यक्ति र एक जिम्मेवारी रहनुपर्ने कुराहरू पटकपटक आफूले बैठकहरूमा राख्दै आएको र आफूबाट नै राजीनामाको सुरुवात गरेको समेत स्पष्ट पारेकी छन्।

‘मैले सभापति रवि लामिछाने सभापति पदमा फर्किएकै दिन दुई हप्ता अगाडि नै राजीनामा पत्र बुझाएकी हुँ त्यो पत्रको सन्दर्भमा आज छलफल भएको थियो तर त्यसको राजीनामा स्वीकृतिका सन्दर्भमा निर्णय भएको छैन त्यसको अर्को प्रोसेस हुन्छ’ श्रेष्ठले भनिन, ‘हामीले नयाँ पार्टी खोल्दै गर्दा नयाँ भिजन र नयाँ सोचका साथ अगाडि जानुपर्ने हुन्छ। मैले पद ओगटे भने अर्को व्यक्तिले काम गर्ने अवसर पाउँदैन। यो कुरा पटकपटक मैले नै केन्द्रीय समिति बैठकमा राख्ने गरेको छु। सुरुवातबाटै गरेको हो। मेरो पार्टीप्रति कुनै असन्तुष्टि छैन।’

उनले सह महामन्त्री जस्तो जिम्मेवार पद र सांसद पद आफूले एकैपटक सम्हाल्न नसकेको समेत स्पष्ट पारिन्। ‘हाम्रो प्रजातान्त्रिक पार्टी हो पार्टीमा फरक फरक विचार हुन्छ। मेरो विचार अरुलाई मन नपर्न पनि सक्छ तर मैले काम गर्न सकिन र राजीनामा दिए’, श्रेष्ठले अगाडि भनिन, ‘सभापतिले पनि दिएको पद अनुसार काम गर्न नसके राजीनामा बुझाउनुपर्छ भनेर पटकपटक बैठकमा राख्दै आउनुभएको छ । मेरो कुरा पनि त्यही हो।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको