Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

गायिका तृप्तिलाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘सर्वोत्कृष्ट गायन’को अवार्ड

Reporter

काठमाडौं । लोकप्रिय गायिका तृप्ति खड्का गुरुङ्गले यो वर्षको नवौं नेशनल क्यापिटल अवार्डमा सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भएकी छिन ।

राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित उक्त विशेष समारोहमा उनले गाएको ‘तिम्रो झझल्को ‘बोलको गीतबाट सर्वोत्कृष्ट महिला गायनबाट अवार्ड हात पारेकी हुन । पुरुष गायक तर्फबाट हिमाल सागरले उक्त अवार्ड हात पार्न सफल भएका थिए ।

एघार लाख भन्दा वढि पटक हेरिएको उक्त गीतको भिडियो २०८१ साल हरि उफ्रेती अफिसियल युटुयूब च्यानलबाट सार्वजनिक गरिएको थियो ।

समारोहका विशिष्ठ अतिथीद्धय पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे,पूर्व मन्त्री एवं बागमती प्रदेश सदस्य दिपेन्द्र श्रेष्ठ तथा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल ‘वैरागी’ले गायिका तृप्तिलाई सो विधाको अवार्ड प्रदान गरेका थिए ।

डेढ दशक भन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका तृप्तिका करिब ५०० भन्दा वढि गीतहरु बजारमा सार्वजनिक भएका छन । संगीत समेत स्वयं गर्ने गायिका तृप्तिले स्टेज शो लगायत देश विदेशका विभिन्न समारोहमा करिब एक हजार भन्दा वढि पटक आफ्नो आकर्षक प्रस्तुती दिईसकेकी छिन ।

उनको पहिलो गित लोक पप‘ बैशले मातिए’ गितले चर्चा पाए पश्चात स्टेज शोहरुमा व्यस्त हुन थालेकी हुन ।

विभिन्न विधामा अवार्ड हात पार्दै आएकी तृप्तिको जादुमय स्वरले लाखौ दर्शक श्रोताको मन जित्दै आईरहको छ । सारेगम स्टुडियोकी संचालक समेत रहेकी तृप्तिका थुप्रै गीतहरु दर्शक श्रोताको मनमस्तिष्कमा बस्न सफल छन ।

हिजो मात्र उनको नयां गीत ‘तिम्रो धड्कन’ आफ्नै युटुयूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको