
काठमाडौँ- डान्स कोरियोग्राफर सन्दिप भुजेल यस वर्षको उत्कृष्ट डान्स कोरियोग्राफीको रुपमा सम्मानित भएका छन्। एसके मिडिया सोलुसनले काठमाडौँ स्थित पर्यटनबोर्डमा आयोजना गरेको ‘९ औँ राष्ट्रिय क्यापीटल अवार्ड २०८१’मा नृत्य निर्देशन तथा मनोरन्जन क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको हो।
विगत १५ वर्षदेखि नृत्य निर्देशन एवं डान्स कोरियोग्राफी मार्फत नेपालको मनोरन्जन क्षेत्रको विकासमा विभिन्न ईभेन्टमा डान्स कोरियोग्राफीको माध्यममा रहि यस क्षेत्रका विषयलाई निश्पक्ष ढंगबाट प्रवद्र्धन गर्न खेलेको भूमिकाको कदर स्वरुप डान्स कोरियोग्राफी सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
कोरियोग्राफर भुजेललाई प्रतिनिधी सभाको उपसभामुख इन्दिरा राना मगर, प्रतिनिधी सभा सदस्य एंव वागमति प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, वागमति प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठको हात सम्मान प्रदान गरिएको थियो।
