Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो)

Reporter

गायिका एवं नायिका सारिका घिमिरेले सम्बन्धमा बढेको दूरी घटाउन आग्रह गर्नुभएको छ । सारिकाको शब्द, संगीत र स्वर रहेको सावर्जनिक गीतमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

भीष्म आचार्यको संगीत संयोजन र साजन शाहको मिक्सिङ/माष्टरिङ रहेको छ गीतमा । सार्वजनिक प्रेमिल गीतमा आफूले माया गरेको मान्छेले दूरी बढाएकोमा घटाउन आग्रह गरिएको छ । गीतको भिडियो नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउनुभएकी सारिका यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्लाई रहनुभएको छ ।

एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याति कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको