
काठमाडौं । संचारकर्मी एवं विश्व किर्तिमानी म्यूजिक भिडियो निर्देशक राजेन्द्र लुईटेल (राज)ले नेपालमा भएको एक भव्य समारोहमा यो वर्षको सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशककको अवार्ड जित्न सफल भएका छन ।
राजधानीको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित भव्य समारोहमा विश्वकिर्तिमानी निर्देशक राजलाई माया मार्यौ बोलको गीतको म्यूजिक भिडियोबाट उक्त अवार्ड प्रदान गरिएको हो । नवौं नेशनल क्यापिटल अवार्डको भव्य समारोहमा बागमती प्रदेशका पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ तथा वरिष्ठ कलाकार शिवहरि नेपाल बैरागीको हातबाट उनले सो अवार्ड प्राप्त गरेका थिए ।
केहि समय अधि मात्र पनि नेपालमा सम्पन्न ‘जिनियस म्यूजिक अवार्ड ‘ तथा थाईलैण्डमा सम्पन्न ‘हिमालयन ईन्टरनेशनल अवार्ड’ मा समेत सोही गीतको भिडियोबाट उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारेका राज पछिल्लो पटक भिडियो निर्माणमा समेत व्यस्त छन ।
सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरि गिनिज बुक मा नाम लेखाउन सफल राजले केहि महिना अघि मात्र भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका थिए । झण्डै दुई दशकदेखि विभिन्न संचारमाध्यममा रहि नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष जोड दिएका कारण योगदानको कदर स्वरुप दादासाहेव फाल्के अवार्ड वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएका थिए ।
छापा पत्रकारिता मार्फत संचारमाध्यममा आवद्ध भएका लुईटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका र प्याजेन्ट नेपालका प्रमुख हुन । कार्यक्रम व्यबस्थापन संघ नेपालका उपाध्यक्ष समेत रहेका लुईटेलले गिनिज वल्र्ड रेकर्डस,अमेरिका वल्र्ड रेकर्डस अफ बुक, युरोपियन वल्र्ड रेकर्डस, ब्रिटिश वल्र्ड रेकर्डस अफ बुक, भारतमा समेत डा.एपिजे अव्दुल कलाम सेवा सम्मान, ईन्टरनेशनल युथ आईकन अवार्ड भारत, महात्मा गान्धी ईन्टरनेशनल अवार्ड भारत, ईन्टरनेशनल पिस अवार्ड,भारत,ईण्डो नेपाल जर्नालीज्म अवार्ड लगायत विश्व चर्चित संघ संस्थाबाट पटक पटक सम्मानित भईसकेका छन ।
फेयर एक्सप्रेस पत्रिकाका प्रबन्ध निर्देशक रहेका उनी नेपालमा सफल कार्यक्रम व्यबस्थापकको रुपमा परिचित छन ।
9th capital national award Rajendra luitel-raj