Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान

Reporter

काठमाडौं । समाजमा विशिष्ट योगदान गरेका ३० विशिष्ठ व्यक्तिलाई अनर तथा ३२ विधाका कलाकर्मीहरुलाई अवार्ड प्रदान गरी नेशनल क्यापिटल अवार्डको नवौं संस्करण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा संघीय संसदका उपसभामुख इन्दिरा रानामगर प्रमुख आतिति हुनुहुन्थ्यो । कार्यक्रममा वाग्मति प्रदेशका पूर्व मुख्यमन्त्री एवं साँसद राजेन्द्र पाण्डे र बागमती प्रदेशका साँसद दिपेन्द्र श्रेष्ठ विशिष्ट अतिथिका रुपमा हुनुहुन्थ्यो ।
नवौ नेशनल म्यापीटल अनरवाट बरिष्ठ पर्यटन व्यबसायी सागर पाण्डे, नेपाल निर्माण उद्योग गरिषदका अध्यक्ष बलि भद्र राना र लोकप्रिय गायिका अन्जु पन्तलाई विशिष्ट श्रेणीको अनर प्रदान गरियो । समारोहमा नमुना जनप्रतिनिधिको अनर धादिङ जिल्ला धुनिवेशी नगरपालीका वडा नं. ५ का वडा अध्यक्ष विशाल भट्टराईलाई प्रदान गरियो । त्यसैगरी अधिवक्ता गीता श्रेष्ठ, नायिका झरना रिसाल, शैक्षिक परामर्श संस्था गोरेटो कन्सल्टेन्सी, कृषि एवं पर्यावरण विज्ञ लक्ष्मण गुरुङ, आइटी विज्ञ हरिराम रिमाललाई अनर प्रदान गरियो । यसैगरी शीलापत्रका पत्रकार नवराज कुँवर, राससका पत्रकार कमल कुमार बस्नेत, शिक्षा पत्रकार विपीन पोख्रेललाई पत्रकारिता अनर प्रदान गरियो । कृषि उद्यमी राजीव खनाल र देबेन्द्र न्यौपानेलाई कृषितर्फको अनर प्रदान गरियो । जडीबुटी उद्यमी हरि शरण फूयाल, हस्तकला उद्यमी पल्पसा श्रेष्ठ, सौन्दर्य उद्यमी गीता गिरि, महिला उद्यमीहरु अन्जना श्रेष्ठ, बन्टी शाही, सम्झना मानन्धर, अन्जना शाक्य, दीपा क्षेष्ठ, शोभा गुरुङ, रिता आचार्य, मनिषा जीसी, गीतकार सामना शाह, प्रोडक्शन म्यानेजर भोला पौडेल चलचित्र निर्देशक दीलिप केसी, शिक्षा क्षेत्रका फिलिप डिसी, कोरियोग्राफर सन्दीप भूजेल र भिडियो निर्देशक प्रकाश भट्टलाई अनर गरियो ।

३२ विधामा अवार्ड :
त्यसैगरी नेशनल क्यापिटल अवार्डको नवौं संस्करणबाट ३२ विधामा अवार्ड वितरण गरिएको छ । जस अन्तरगत उत्कृष्ट अभिनेताको अवार्ड नायक सलोन बस्नेतलाई प्रदान गरियो ।
उत्कृष्ट बर्ष भिडियो निर्देशक अवार्ड देवेन्द्र पाण्डे, उत्कृष्ट बर्ष मोडल अवार्ड (महिला) मिस पवी, उत्कृष्ट बर्ष मोडल अवार्ड (पुरुष) विमल अधिकारी, उत्कृष्ट बर्ष गायन अवार्ड हिमाल सागरले प्राप्त गरे ।
त्यसैगरी उत्कृष्ट लोकआधुनिक गायन महिला अवार्ड पुजन काफ्ले, सुगम आधुनिक उत्कृष्ट गायिकाको अवार्ड सुजता केसी तथा उकृष्ट गायन शैली अवार्ड सुमी पराजूलीले प्राप्त गरिन् । उत्कृष्ट म्यूजिक भिडियो निर्देशन पपआधुनिक तर्फ राजेन्द्र लुंईटेल (राज), एवं उत्कृष्ट सुगम संगीतको निर्देशन अवार्ड केशव भट्टले हात पारे ।

जुरी तर्फको उत्कृष्ट मोडल अवार्ड छिरिङ शेर्पाले र गायिका त्रिप्ती खड्का गुरुङले गायिका तर्फको अवार्ड प्राप्त गरिन् । उत्कृष्ट संगीतकारको अवार्ड राम धिमालले पाए ।
उत्कृष्ट राष्ट्रिय भाव रचना र संगीतको अवार्ड राजु विश्वकर्माले पाए भने उत्कृष्ट लोकआधुनिक गीत अवार्ड चन्द्रकला प्रसाईंले पाइन् ।

राष्ट्रिय भाव गीतको अवार्ड मातृका भण्डारी (मुना), उत्कृष्ट आधुनिक गीत अवार्ड
प्रतिमा गुरुङ, उत्कृष्ट बर्ष प्रोडक्शन प्रकाश हमाल, त्यसैगरी उत्कृष्ट फिल्म निर्देशक अवार्ड संकर कार्की, उत्कृष्ट प्रतिभा अवार्ड परितोषिका पन्त, उत्कृष्ट लोकदोहोरी मोडल अवार्ड जुना कार्की, बेष्ट र्यापर अफ द इयर सुदीप भण्डारी (जीबब), उत्कृष्ट पप गायिका अवार्ड चाँदनी शाक्य, वेष्ट पप गायक अवार्ड प्रेजोल नेपाली तथा उत्कृष्ट (पप) युगल गायन अवार्ड आश्रा कुँवर र नितेसजंग कुँवरले पाए ।

यस्तैगरी उत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिकतर्फ केशव राज भट्ट, उत्कृष्ट गीत मिक्सिङ अवार्ड मनोज परियार, उत्कृष्ट गीतकार पुरुषतर्फको अवार्ड कुमार मिश्रले पाए । साहित्य र शिक्षातर्फ उत्कृष्ट शैक्षिक अवार्ड यादव गीरि तथा उत्कृष्ट लिट्टेचर अवार्ड
भिष्मराज फूलाराले पाए । त्यसैगरी दोहोरी गायन तर्फको अवार्ड रेश्मा तामाङ र कल्चरल मोडलको अवार्ड सजिना लामिछानेले पाइन् ।

इभेन्ट आयोजक क्यापीटल इन्टरटेनमेन्ट तथा कार्यक्रम आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष मुख्य जुरीका रुपमा रहेका थिए भने जुरी सदस्यहरुमा पप गायक चिरंजीवी भण्डारी, आधुनिक सुगम संगीतकार राजेन्द्र बजगाई, गायक नारायण थापा र मोडल प्रतिक्षा काफ्ले रहेका थिए भने कार्यक्रमको संयोजन सविता पोख्रेलले गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख इन्दीरा रानाले समाजलाई उन्नती र प्रगतितर्फ अघि बढाउन सृजनशीलता र उद्यमशीलता महत्वपूर्ण हुने बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको