Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा

Reporter

राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।

लिङदेनसहित राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए।

राप्रपा नेताहरुले बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने तयारी गरेका थिए। त्यसअगाबै सिंहदरबारमा सरकारको विरोधमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।   त्यसअघि राप्रपाका प्रमुख सचेतक शाहीले सिंहदरबारमै आफूहरुलाई प्रहरीले बन्धक बनाएको भन्दै फेसबुक लाइभ गरेका थिए। उनले संसदीय दलको कार्यालय अगाडि बाक्लो रुपमा प्रहरी आएको डिएसपीको कमाण्डमा प्रहरीले संसदीय दलको कार्यालयमा घेरा हालेका बताएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको