Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा

Reporter

राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।

लिङदेनसहित राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए।

राप्रपा नेताहरुले बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने तयारी गरेका थिए। त्यसअगाबै सिंहदरबारमा सरकारको विरोधमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।   त्यसअघि राप्रपाका प्रमुख सचेतक शाहीले सिंहदरबारमै आफूहरुलाई प्रहरीले बन्धक बनाएको भन्दै फेसबुक लाइभ गरेका थिए। उनले संसदीय दलको कार्यालय अगाडि बाक्लो रुपमा प्रहरी आएको डिएसपीको कमाण्डमा प्रहरीले संसदीय दलको कार्यालयमा घेरा हालेका बताएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको