Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने

Reporter

थुनामुक्त गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ ।

रविकी श्रीमती निकिता पौडेलको तर्फबाट दायर भएको रिट आज सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा पेशी तोकिएकोमा हेर्न नमिल्नेमा परेको हो ।

हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो।

उक्त आदेश कार्यान्वयन गराउन लामिछानेलाई प्रहरीले बेलुका ८ः३० तिर घरबाटै पक्राउ गरेका थिए। लामिछानेको पक्राउ प्रक्रियामा प्रक्रिया पूरा नगरिएको रिट निवेदकको दाबी छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको