Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

क्याथोलिक क्रिस्चियनका धर्मगुरु पोप फ्रान्सिस्कोको निधन

Reporter

क्याथोलिक क्रिस्चियनका धर्मगुरु पोप फ्रान्सिस्कोको निधन भएको छ । सोमबार बिहान उनको ८८ वर्षको उमेरमा निधन भएको भ्याटिकन सिटीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उनको आफ्नै निवास, भेटिकनको कासा सान्ता मार्तामा निधन भएको हो ।

उनको विश्वका शीर्ष नेताहरूले उनप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले उनलाई नम्रताको प्रतीक भनेका छन् । नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफले उनलाई क्याथोलिक र अन्य सबैका लागि आदर्श व्यक्ति भनेर टिप्पणी गरेका छन् ।

उनको एकदिन अघिमात्र सेन्ट पिटर्स स्क्वायरमा उपस्थित भएर उनले हजारौँ भक्तजनलाई इस्टरको शुभकामना दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको