Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

क्याथोलिक क्रिस्चियनका धर्मगुरु पोप फ्रान्सिस्कोको निधन

Reporter

क्याथोलिक क्रिस्चियनका धर्मगुरु पोप फ्रान्सिस्कोको निधन भएको छ । सोमबार बिहान उनको ८८ वर्षको उमेरमा निधन भएको भ्याटिकन सिटीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उनको आफ्नै निवास, भेटिकनको कासा सान्ता मार्तामा निधन भएको हो ।

उनको विश्वका शीर्ष नेताहरूले उनप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले उनलाई नम्रताको प्रतीक भनेका छन् । नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफले उनलाई क्याथोलिक र अन्य सबैका लागि आदर्श व्यक्ति भनेर टिप्पणी गरेका छन् ।

उनको एकदिन अघिमात्र सेन्ट पिटर्स स्क्वायरमा उपस्थित भएर उनले हजारौँ भक्तजनलाई इस्टरको शुभकामना दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको