Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

जम्मू-कश्मीरमा आतंकवादी आक्रमणमा नेपाली पनि मारिए

Reporter

भारतको कास्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भएको हमलामा एक नेपाली पनि मारिएका छ

भारतीय पर्यटकमाथि लक्षित गर्दै भएको हमलामा एक नेपाली नागरिकको पनि मृत्यु भएको भास्करडटकमले जनाएको छ ।

नेपाली नागरिक मारिएको बताइए पनि उनको नाम र ठेगाना भन्ने उल्लेख छैन । नेपालीसँगै यूएईका एक नागरिक पनि रहेको समाचारमा उल्लेख छ । २८ जनामा अन्य सबै भारतीय रहेको टाइम्स अफ  इन्डियाले जनाएको छ ।

हमला पहलगामबाट ५ किलोमिटर टाढा बैसारन उपत्यकामा भएको थियो । बताइएको छ । जम्मू र कास्मिर प्रहरीका निरीक्षक महानिर्देशक विदीकुमार बिर्डीले बीबीसी हिन्दीलाई बताएअनुसार हमला भएको क्षेत्रसम्म प्रहरी अझै पुग्न सकेको छैन ।

यो हमलाबारे अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन ।

हमलापछि साउदी अरबको यात्रा छोट्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति नै स्वेदेश फर्किएको टाइम्स अफ  इन्डियाले जनाएको छ । पूर्वनिर्धारित समयअनुसार उनी बुधबार रातिमात्र फर्किने योजना थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको