
भारतको जम्मु–काश्मिर राज्यको पहलगामस्थित पर्यटकीय क्षेत्रमा मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने अर्की नेपाली महिला घाइते भएकी छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपाली महिला रेनु पाण्डे घाइते भएकी हुन् । उनको अवस्था स्थिर रहेको बताइएको छ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१४ रूपन्देहीका सुदीप न्यौपाने रहेका छन् । घटनास्थलमा फेला परेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आधारमा न्यौपानेको पहिचान खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
न्यौपाने शनिबार आमा, दिदी र भिनाजुसँगै पर्यटकीय भ्रमणका लागि जम्मु–काश्मिर गएका थिए । उनीमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।
लोकप्रिय समाचार