Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

जम्मु–काश्मिरमा आतंकवादी आक्रमण: बुटवलका सुदीप न्यौपानेको मृत्यु, रेनु पाण्डे घाइते

Reporter

भारतको जम्मु–काश्मिर राज्यको पहलगामस्थित पर्यटकीय क्षेत्रमा मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने अर्की नेपाली महिला घाइते भएकी छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपाली महिला रेनु पाण्डे घाइते भएकी हुन् । उनको अवस्था स्थिर रहेको बताइएको छ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१४ रूपन्देहीका सुदीप न्यौपाने रहेका छन् । घटनास्थलमा फेला परेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आधारमा न्यौपानेको पहिचान खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यौपाने शनिबार आमा, दिदी र भिनाजुसँगै पर्यटकीय भ्रमणका लागि जम्मु–काश्मिर गएका थिए । उनीमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको