
काठमाडौं- सुनको मूल्य आज तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ।
हिजो मंगलबार हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
केही दिनयता लगातार बढेको सुन आज ह्वात्तै घटेको हो।

लोकप्रिय समाचार