Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद बैठक सञ्चालन हुने

Reporter

प्रतिनिधिसभा बैठक अब शनिबार र सार्वजनिक बिदा बाहेक बाँकी सबै दिन सञ्चालन हुने भएको छ ।

संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन सुरु हुनुपूर्व विभिन्न दलका प्रमुख सचेतकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले बैठक सञ्चालनका उक्त प्रस्ताव गरेका थिए ।

बैठकले सभामुखको उक्त प्रस्ताव अनुमोदन गरेको छ । पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने आवश्यक देखिएको उनको भनाइ थियो । सोही अनुसारको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिले तय गर्ने सहमति पनि बैठकमा भएको छ ।

बैठकमा सभामुख घिमिरेले भने, ‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नु भएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नु भएको छ ।

उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं । समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ ।

निजामति विधेयक पनि समितिबाट आउने अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामति लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनु पर्दछ ।’ संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन शुक्रबार सुरु हुँदैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको