Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी नागरिकलाई भिसा बन्द

Reporter

जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छ्न्।

यस्तै पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइ ४८ घण्टा भित्र देश छोड्न निर्देशन पनि दिएको छ।। भारतले पाकिस्तानमा रहेको आफ्नो दूतावाससमेत बन्द गर्ने निर्णय गरेको छ।

भारत-पाकिस्तानको मुख्य नाका कटारी नाका पनि भारतले बन्द गर्ने भएको छ। नाकाबाट सीमा वारपार गर्ने भारतीय तथा पाकिस्तानी नागरिकलाई मे १ सम्मको समयसीमा तोकिएको छ। उक्त समयभित्र भारतीय तथा पाकिस्तानी नागरिकले उक्त नाका प्रयोग गरेर स्वदेश फर्किन सक्नेछन्।

मंगलबार पहलगाममा पर्यटकमाथि आतंकवादीहरूले एक नेपालीसहित २६ जनाको जनाको गोली हानेर हत्या गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको