Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

आज देशभरका डाक्टरले जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

Reporter

नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ ।

चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको छलफलले उक्त निर्णय गरेका हो । बुधबार पत्रकार सम्मेलन कार्यकारी सदस्य तेत्छु मल्ल भने, ‘निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरले आकस्मिक बाहेक सम्पूर्ण काम संघर्षमा आउन अनुरोध गर्दछौं ।’

उनले अगाडी थपे, ‘देशभरका सम्पूर्ण चिकित्सकलाई भोलि १० देखि १२ बजेसम्म जिल्ला प्रशासनका कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका चिकित्सकलाई माइतीघरमा उपस्थित भइ स्वास्थ्य मन्त्रालय घेर्न आह्वान गर्दछौं ।’

साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ ।

आवासीय चिकित्सक २८ दिनसम्म पनि सडक उत्रिएर आफ्नो अधिकार माग्दा पनि सरकारले उदासिनता देखाएको मल्लले बताए ।

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यावन्यन नहुनु र आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानमा एकैपटक म्याचिङ प्रक्रिया नगराइकन यो अवस्था आएको संघको ठहर छ ।

निजी मेडिकल कलेजहरुले आयोगले कायम गरेको निर्वाह भत्ता नदिएपछि २८ दिनयता सडकमा उत्रिएर चिकित्सक आन्दोलन गरिरहेका छन् । तर निजी मेडिकल सञ्चालकले डर, त्रास र धम्कीपूर्ण दिने काम गरिहेको आवासीय चिकित्सक बताउँछन् ।

चितवन मेडिकल कलेजमा आवासीय चिकित्सक विप्लव लामिछानेले आवासीय चिकित्सकहरूलाई मेडिकल कलेजले दबाएको बताए ।

‘व्यक्तिगत रूपमा बोलाएर मानसिक दबाब दिने, कक्षाबाट हटाइदिने र राजिस्टेसन रोक्ने वा बाहिर गरिदिन्छौं भन्ने धम्की दिइरहेका छन्,’ लामिछाने भन्छन्, ‘केही साथीलाई गेटसम्म बोलाएर औपचारिक रूपमा डर देखाउने प्रयास गरिएको छ ।’

उनले अगाडी थपे, ‘यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको