Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

प्रचण्ड गर्मी र घामकाे पर्वाह नगरि शिक्षकहरू छाता ओढेर आन्दोलनमा (फाेटाेफिचर)

Reporter

काठमाडौँ- आन्दोलनको २३ औँ दिन विहिवार पनि शिक्षकहरू छाता ओढेर आन्दोलनमा उत्रिएका छन्। प्रचण्ड गर्मी र घामकाे पर्वाह नगरि शिक्षकहरू छाता ओढेर आन्दोलनमा उत्रिएका हुन्।

पानी पर्दा होस् वा घाम लाग्दा, छाता ओढेरै भए पनि शिक्षकहरूको आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशाेर सुवेदीले शिक्षकहरू  विद्यालय शिक्षा ऐन लिएर मात्र घर जाने बताए।

‘आन्दोलन लम्बाउनु भन्दा सकेसम्म छिटो ऐन जारी गर्दा राम्रो हुन्छ। ढिलो छिटोकाे कुरा मात्र हाे सरकारले महासंघको अगाडी अवश्य घुडाँ टेक्नेछ।’ उनले भने,’ हाम्रो माग ठुलो पनि छैन। यो कुनै पार्टीगत माग पनि होईन। यसरी कयौँ विद्यार्थीको भविष्य खेलवाड र शिक्षकलाई दुख दिनु भन्दा सकेसम्म छिटो ऐन जारी गरे सम्पुर्ण शिक्षक साथीहरु कार्यस्थलमा नै फर्किनुहुन्छ।’

उनले सरकारले पहिलो दोस्रो दिनमा नै यस विषयलाई गम्भिर रुपमा ध्यानाकर्षण गरेको भए आज यस्तो स्थिति सिर्जना नहुने बताए। उनले भने,’ यस आन्दोलनबाट प्रत्यक दिन १३/१४ जना शिक्षक तथा कर्मचारी ६० बर्ष पुरा भई अवकास हुदाँ आखाँ भरी आसुँ बोकी घर फर्किनुहुन्छ। यस आन्दोलनबाट हार खाई कार्यस्थलमा फर्कन हामीलाई छुँट छैन। ‘

उनले शिक्षामन्त्रिको राजीनामालाई सम्बोधन गर्दे मन्त्रिको राजीनामाले ऐन जारीमा असर नपर्ने बताएका छन्। उनले भने,’ मन्त्रिको राजीनामाले हाम्राे मागलाई कुनै असर पर्देन। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सभापति, शिक्षा अधिकारी लगायत मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा ऐन जारी गर्न सम्भव छ।’

आन्दोलनमा शिक्षकहरू कहिले नाचगान, कहिले कालो माक्स लगाएर, कहिले दिउँसै टर्च बालेर, कहिले सिठ्ठी बजाएर आन्दोलन गर्दै आएका छन्।मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न बैशाख १२ गतेलाई संसद बैठक आब्हान गरेपनि शिक्षकहरुले आन्दोलनलाई भने जारी राखेका छन्।

शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएकाे छ।

फाेटाेफिचर

Fairexpess/Edusawal


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको