Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड आज शुक्रवार सन्तोषी माता व्रत प्रभावले हुन्छ यस्तो लाभ: १६ शुक्रबार व्रतको महिमा र विधि

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका लागि २०५ खेलाडीले नाम दर्ता गराए

admin

dhanagadi premier league

काठमाडौं, पुस-१८ ।

आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको यही पुस १७ गतेसम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार जनाएको छ ।

यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता मंगलबारसम्मका लागि तोकिएको थियो ।

खेलाडीले आफ्नो न्यूनतम् मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् ।

आयोजकले खेलाडीलाई न्यूनतम् रु ३० हजारदेखि अधिकतम् रु दुई लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो ।

दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ ।

खेलाडी लिलामी (अक्सन) यही पुस २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ ।

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीमा चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।

‘राउन्ड रोबिन’ लिगका आधारमा सन्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।
रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको