Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा

Reporter

भारत-  त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप २०२५ मा सहभागी हुने नेपाली टोली हाल भारतको कर्नाटकमा रहेका छन ।

आगामी अप्रिल २४ र २५ मा डजबल रेफ्री तथा कोच सेमिनार आयोजना गरिनेछ भने अप्रिल २६ र २७ मा त्रि-राष्ट्रिय च्याम्पियनशिप सम्पन्न हुनेछ, जसमा नेपाल, भारत र मलेशियाले सहभागिता जनाउने छन्।

यस अघि उक्त च्याम्पियनसिपमा प्रस्थान गर्न लागेका नेपाली राष्ट्रिय पुरुष डजबल टिमलाई बुढानीलकण्ठ नगरपालिकाले सोमबार एक विशेष कार्यक्रमका बीच भव्य रूपमा विदाई गरेको थियो।

हात्तीगौंडामा सम्पन्न उक्त विदाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगर प्रमुख मिठाराम अधिकारी सहभागी थिए भने विशेष अतिथि राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य नन्दा बस्याल रहनु भएको थियो।

कार्यक्रमको गरिमामय उपस्थितिमा नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारी, वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं. ९ की वडाध्यक्ष सुमित्रा त्रीपाठी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा नं. ८ का वडाध्यक्ष तथा खेलकुद संयोजक सुमन तामाङ, नेपाल खेलकुद महासंघका सदस्य दीपक तामाङ लगायत खेलाडीहरूको अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली टोलीमा कप्तान प्रकाश सिंह ऐर, उपकप्तान अरिज प्रजापति, सदस्यहरू सन्तोषनाथ योगी, ओम प्रकाश शाह, रमन रसाइली, मनरञ्जन ठाकुर, परिश श्रेष्ठ, रोजेन श्रेष्ठ, श्याम बहादुर श्रेष्ठ, राम चन्द्र गौतम र कुशल बिष्ट रहेका छन् भने अफिसियलहरूमा अन्तरिक्ष अधिकारी, अरुण तिमल्सिना, कौशल ज्ञवाली र केशब राज गौतम छन्।

उक्त प्रतियोगिताका लागि बुढानीलकण्ठ नगरपालिका, एम्पायर ट्राभल्स एण्ड टुर, एलाइट न्यूज, सीगल इन्टरनेशनल, एलाइट फुटसल, रेन्ज एसिकेशनाल नेटवर्क, YAU E.N.T, DRL प्रिन्टिङ हब र डिजिटल ल्याबले महत्वपूर्ण प्रायोजन तथा सहयोग गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको