Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो)

Reporter

काठमाडौं ।  दीपेन्द्र अधिकारीको शब्द रचना रहेको गीत ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक भएको छ । अञ्जु पन्त र दुर्गा पराजुलीको स्वर, दुर्गाकै सङ्गीत, राजु कार्कीको म्युजिक एरेन्ज र किशोर थापाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन एवम् सम्पादन रहेको गीतको भिडियोमा रमेश चन्द सोडारी र मिशेल घिमेरेलाई फिचरिङ गरिएको छ । भिडियोमा उच्च पहाडी भेगका चौंरी गोठाला युवक र युवती बीचको प्रेमकथा प्रस्तुत गरिएको छ ।

भिडियोका निर्देशक वीरेन्द्रका अनुसार कथाको माग अनुसार रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिकाको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड वरिपरिका रमणीय स्थानहरूमा दुई दिन लगाएर भिडियोको छायांकन गरिएको हो । महेश महराको छायांकन रहेको भिडियोमा चौंरी चरनमै प्रेममा परेका दुई गोठालाको एक-अर्काप्रतिको समर्पण भाव र उनीहरूको काल्पनिक संसारलाई मनमोहक ढङ्गमा प्रस्तुत गरिएको छ । भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।

भिडियो सार्वजनिक भएपछि आफ्नो भावना अनुरुप शव्दले नयाँ जीवन पाएको प्रतिक्रिया गीतकार दीपेन्द्र अधिकारीले दिनुभएको छ । यसअघि ‘मनमोहक पोखरा’, ‘चुलबुल चुलबुल (मामा भाञ्जीको गीत)’, ‘नेपालकी छोरी’, ‘जनताको मर्म’, ‘जीवनको रेल’, ‘जिन्दगी हो खेल जस्तै’, ‘फर्किन्छु यसपाली (दसैं–तिहार)’, ‘सपना सजाई’ लगायतका गीत श्रोता÷दर्शकमाझ ल्याउनुभएका अधिकारी लामो समयदेखि जापानलाई कर्मथलो बनाएर नेपाली गीत–सङ्गीत तथा साहित्यमा निरन्तर क्रियाशील रहनुभएका सर्जक हुनुहुन्छ ।

आगामी जेठ ९ गतेदेखि सिनेमाघमर आउन लागेको चलचित्र ‘नरसिंहा’ मा पनि दर्शकले रमेश चन्द र मिशेललाई प्रेमी जोडीको रुपमा नभए पनि फरक फरक प्रभावशाली भूमिकामा देख्न सक्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको